TRENDING

भोलिदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना ः बाढी, पहिरो र डुबानको जोखिम

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज शुक्रवार दिउँसो १२ बजे विशेष बुलेटिन निकालेर भोलि शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्न लागेकाले भोलि राति देशका धेरै ठाउँमा वर्षा हुनेछ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ । यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ ।

महाशाखाले निकालेको विशेष मनसुन बुलेटिनमा पर्सि आइतवार पनि देशका धेरै ठाउँमा अत्यधिक वर्षा हुनेछ । सोमवार पनि धेरैजसो प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सोमवार पनि अत्यधिक वर्षा हुनसक्ने सम्भावना छ ।

मुख्य समाचारबाट थप समाचार