TRENDING
होमपेज
बागमती प्रदेशमा सवारी कारबाहीबाट २६ करोड भन्दाबढी राजस्व संकलन


मकवानपुर । बागमती प्रदेशमा सवारी साधन कारबाहीबाट रु २६ करोड भन्दा बढी राजस्व रकम संकलन गरिएको छ ।
प्रदेशमा गत आर्थिक वर्ष २०७९–०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट २६ करोड ३६ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको राजस्व रकम संकलन गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, प्रदेशको काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाबाट सो रकम बराबरको जरिवाना संकलन गरिएको हो । गत वर्ष २ लाख ९१ हजार २९३ वटा सवारी साधनलाई कारबाही गरेर सो रकम संकलन गरिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा बागमती प्रदेशका १० जिल्लामा २ लाख ५० हजार ९ वटा सवारीका साधन कारबाहीबाट २४ करोड १ लाख ७० हजार रुपैयाँ राजश्व रकम संकलन गरिएको थियो ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७