TRENDING

नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद १ वर्ष थप

नवलपुर । सुस्त गतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप भएको छ । शुरुवाती ठेक्का सम्झौताअनुसार अघिल्लो वर्षको साउन २२ गते सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रो पटक म्याद थप गरिएको छ ।

आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्ने गरी छलफल अघि बढेको छ । ‘अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ’, उहाँले भन्नुभयो, ‘हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले म्याद थप्ने निर्णय गरेका हौँ ।’

पश्चिम खण्डको म्याद अगस्ट ६ मा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद अगस्ट २८ मा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताउनुभयो । ‘निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट ९कालोपत्र गर्ने उपकरण० भित्र्याउँदैछ, केही दिनमा भन्सार जाँच भएर नेपाल भित्रिन्छ’, उहाँले भन्नुभयो, ‘त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम सकाउन अझै चार÷पाँच वर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको आयोजना निर्देशक ढकालले बताउनुभयो ।

मुख्य समाचारबाट थप समाचार