TRENDING

बाढी–पहिरोले चार राजमार्गका विभिन्न खण्ड अवरुद्ध, ३४ वटा सडक एकतर्फी सञ्चालन

काठमाण्डौ । बाढी पहिरोका कारण देशका चार राजमार्गका विभिन्न खण्ड पूर्ण रुपमा बन्द भएका छन् ।

सडक विभागका अनुसार तमोर करिडोरको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक० सडक, तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ ।

ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । यस्तै, धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ ।

यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।

यस्तै, ३४ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । काठमाण्डौसँगको मुख्य नाका मुग्लिन नारायणगढ सडकखण्डलगायत अरु सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् ।

मुख्य समाचारबाट थप समाचार