

काठमाडौं । लिओनल मेसीले उत्कृष्ट प्रदर्शन कायम राख्दा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय ४–४ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।
निर्धारित समयमा फ्रिकिकसहित दुई गोल गरेका मेसीले पेनाल्टीसुटआउटमा पनि टिमका लागि पहिलो गोल गरे ।
सुटआउटमा मियामीका लागि मेसीसहित सर्जियो बुस्केट, लियोनार्दो काम्पाना, कमल मिल्लर र बेन्जामिन क्रेमासीले गोल गरे ।
एफसी डल्लासका लागि पउल अरियोला, फकुन्डो क्विगोन र जेसुस फेरेइराले मात्र गोल गरे । पाक्सटन पोमीकालले गोल गर्न सकेनन् ।
मेसीले क्लब करिअरमा पहिलो पटक पेनाल्टीसुटआउटमा पुगेको खेल जितेका हुन् । यसअघि बार्सिलोनामा हुँदा २०२०(२१ को स्पानिस सुपर कपमा उनको टिम पुगे पनि मेसी त्यसमा सहभागी थिएनन् ।
एफसी डल्लाससँग ४–३ ले पछि परेको अवस्थामा मेसीले ८४औं मिनेटमा फ्रिकिकबाट सानदार गोल गर्दै खेल बराबरी गरेका थिए । इन्टर मियामीले दुई गोलले पछि परेको स्थिति उल्टाएको थियो ।
खेलको छैटौं मिनेटमै मसीले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । तर क्विगोनले ३७औं र बर्नार्ड कमुङ्गोले ४५औं मिनेटमा गोल गरेपछि डलल्सले पहिलो हाफमा २(१ को अग्रता बनायो ।
६३औं मिनेटमा एलान भेलास्कोले गोल गरी डल्लासलाई ३(१ को अग्रता दिलाए । तर त्यसपछि खेलले नाटकिय मोड लिँदा डल्लासले अग्रता जोगाउन सकेन ।
६५औं मिनेटमा क्रेमासीले गोल गर्दै इन्टर मियामीलाई खेलमा फर्काए । तर ६८औं मिनेटमा मियाकीमै रोबर्ट टेलरले आत्मघाती गोल गर्दा डल्लासलेर् ४(२ को अग्रता बनायो ।
त्यसपछि ८०औं मिनेटमा डल्लासका मार्को फरफानले पनि आत्मघाती गोल गरेपछि इन्टर मियामीले गोल अन्तर छोट्यायो र मेसीले ८५औं मिनेटमा फ्रिकिकबाट बराबरी गोल फर्काए ।
इन्टर मियामीले अब हस्टन डाइनामो एपसी र चार्लोटे एपसीको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७