TRENDING

आज नागढुंगा–नौबिसे रेस्क्यु टनेलको ब्रेक थ्रूु हुँदै

काठमाडौ । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिन लागिएको हो ।

अब ब्रेक थुु गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रू’ गरिने छ ।

सो ुब्रेक थुु हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन् । उनको उपस्थितिमा सो ब्रेक थ्रूु गरिने छ ।

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ब्रेक थ्रूु गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलको सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

मुख्य समाचारबाट थप समाचार