TRENDING

अस्तु सेलाउन देवघाट गएका युवा बगेर बेपत्ता

देवघाट । अस्तु सेलाउन देवघाट पुगेका एक जना युवा नारायणी नदीमा बगेर बेपत्ता भएका छन्।

देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका छन्। शुक्रबार बिहानदेखि उनी बेपत्ता छन्।

भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए। रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि भारतको लखनउस्थित अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको थियो।शव ल्याएर तुलसीपुर १२ बबई घाटमा अन्त्येष्टि गरिएको थियो।

इलाका प्रहरी कार्यालय देवघाटका सहायक हवल्दार वीरेन्द्र तामाङले शुक्रबार बिहान ७ बजेर १९ मिनेटमा भुसाल नदीमा बेपत्ता भएको र खोजी कार्य जारी रहेको सेतोपाटीलाई बताए।

मुख्य समाचारबाट थप समाचार