

काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या ७ हजार नाघेको छ । संक्रमित सबैभन्दा धेरै सुनसरीमा देखिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएअनुसार हालसम्म कुल ७ हजार २५३ जना डेंगीबाट संक्रमित भइसकेका छन् । जनवरी १ देखि संकलित यो तथ्यांक बिहिबारसम्मको हो ।
३० जुलाईसम्म सुनसरीमा ३ हजार ४८६ वटा डेंगीका केस रहेकोमा ४ दिनको अन्तरालमा १ हजार थप भएका हुन् । सुनसरीमा हाल ४ हजार ६७९ जना संक्रमित भइसकेका छन् । त्यसैगरी धादिङमा ८२९, काठमाडौँमा ११९, दार्चुलामा १९१ र कास्कीमा २१४ वटा डेंगीका केस भेटिएको छ । संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा देखिएको छ । त्यहाँ मात्रै ५ हजार १०१ जनामा डेंगी संक्रमण भइसकेको छ ।
त्यसैगरी वाग्मती प्रदेशमा ११७१, गण्डकी प्रदेशमा ३८९ र सुदूरपश्चिम प्रदेशमा ३४२ जना, लुम्बिनी प्रदेशमा १९१, मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित भइसकेका छन् ।
हालसम्म ७० जिल्लामा डेंगी पुष्टि भइसकेको छ । ईडीसीडीले डेंगीबाट हाल ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक ६ जना सुनसरीका हुन् भने एक जना उदयपुरका हुन् । यी सबै मृतक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रिर्पोटेड भएका हुन् ।
स्वास्थ्यबाट थप समाचार
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७