

काठमाडौ । काठमाडौंबाट गल्छी, त्रिशूलीहुँदै १२८ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका भएर चीनको केरुङबाट ९५० बढी नेपाली ट्रक कन्टेनरहरूले मालसामान ढुवानी गरिरहेका छन् ।
रसुवागढीस्थित टिमुरे बजार सीमाबाट २४ किलोमिटर दूरीमा रहेको चीनको भूभाग केरुङबाट ट्रक कन्टेनरले मालसामान ढुवानी गर्नुपर्छ । तर, अत्यावश्यक मालसामान ढुवानी गर्ने ट्रक कन्टेनरहरूलाई चीन प्रवेशमा रोक नलगाए पनि ट्रक कन्टेनरका चालक, सहचालकहरूले भने चीन प्रवेश अनुमति पत्र पाएका छैनन् । ट्रक कन्टेनर लिएर टिमुरे पुगेका चालकहरूले त्यहाँबाट अर्कैलाई जिम्मा लगाएर चीन पठाउनु परिरहेको छ ।
महँगो चालकका कारण सर्वत्र असर
१५२ किलोमिटर दूरी रहेको काठमाडौं केरुङ रुटमा मालसामान ढुवानी गरेबापत ट्रक कन्टेनर चालकहरूलाई ५ हजार पारिश्रमिक तोकिएको छ । तर, टिमुरेबाट केरुङको २४ किलोमिटर दूरीमा ट्रक कन्टेनर चलाउनका लागि अहिले १५ हजार पारिश्रमिक दिनुपर्ने अवस्था छ । फलतः मालसामान ढुवानी खर्चमा वृद्धि अनिवार्य हुन्छ र त्यसको प्रत्यक्ष असर आम उपभोक्ताहरूमा पर्ने अवस्था छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७