काठमाण्डौ । जुम्लाको काँचो स्याउ बजारमा गएपछि यसलाई रोक्न सिफारिस अनिवार्य गरिएको छ । जनप्रतिनिधि, स्याउ उत्पादन गर्ने किसान, व्यापारी तथा जिम्मेवार कार्यालयका प्रमुखको सर्वदलीय बैठक बसेर स्याउ पूर्ण रुपमा पाकेपछि मात्रै बजारमा लैजाने निर्णय भएको हो ।
व्यापारीले स्याउ खरिद गर्दा कृषि कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । जुम्लाका केही पालिकाबाट काँचो स्याउ साउनको पहिलो हप्ता नै सुर्खेत बजारमा पुगेपछि स्याउको गुणस्तरबारे गुनासो आएको छ ।
स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न आठवटै पालिकालाई निर्देशन दिएको जिसस प्रमुख आर्चायले बताउनुभयो । उहाँका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिसविना नै निर्यात गर्न नपाइने निर्णय भएको छ ।
काँचो स्याउ नै स्थानीय व्यापारीले खरिद गर्न थालेपछि रोक लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । पूर्णरुपमा पाकेको, परिपक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।
जुम्लामा अहिले चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको तथ्याङ्क छ ।
बजारबाट थप समाचार
लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
फर्जी कागज बनाएको आरोपमा तीन अधिकृतसहित ३२ जना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८