

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि पहिले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान एमालेले राखेको थियो । उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा वेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई सोमबार मध्यान्ह दिएको थियो ।
एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताए । छानबिन समिति गठन गरेपछि मात्रै संसद् चल्न दिने हाम्रो अडान छ ।
उच्चस्तरीय छानबिन समिति गठन नगरिए संसद्को प्रक्रिया अगाडि बढ्दैन, संसद् चल्दैन, उनले भने, गृहमन्त्रीमाथि प्रश्न र आशंका छ । उहाँ मातहतका निकायले उहाँमाथि छानबिन गर्न सक्दैनन् । त्यसैले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ अनिमात्र संसद् अगाडि बढ्छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७