

काठमाडौ । पाकिस्तानमा एक धार्मिक र्यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। एक सय जना घाइते भएका छन्।
अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम(फजलका कार्यकर्ताहरूको आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो। विष्फोटमा परी हालसम्म ४४ जनाको ज्यान गएको र १ सय भन्दाबढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।
कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन्।
बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम(फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ। बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएकालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन्। गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावर लगिएको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७