

धरान । असार दोस्रो सातादेखि डेंगी संक्रमितको संख्या ह्वात्तै बढेसँगै धरान अहिले डेंगी संक्रमणको हटस्पटु बनेको छ। गएको एक महिनामा मात्र धरानमा ३ हजार बढी मानिसमा डेंगी संक्रमण देखिएको छ भने चार जनाको मृत्यु भएको छ।
संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा विरामीको चाप बढेको छ। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालको इमर्जेन्सी बेड संक्रमितले भरिएपछि आजदेखि छुट्टै डेंगी डेडिकेटेड अस्पताल सञ्चालनमा ल्याएको छ।
अस्पतालका सह प्रवक्ता डाक्टर चुडामणी पोखरेलले यसअघि कोरोना संक्रमितको उपचारका लागि बनाइएको डेडिकेटेड अस्पताललाई नै आजदेखि डेंगी संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले आजैदेखि संक्रमितलाई डेडिकेटेड अस्पतालमा राखेर उपचार गर्न सुरू गरिएको जनाए।
विरामीको चाप अत्याधिक बढेको र इमेर्जेन्सी बेडहरू डेंगीका विरामीले भरिभराउ भएपछि अन्य रोगका विरामीहरूको उपचार पनि प्रभावित हुने देखियो। त्यसैले आजदेखि छुट्टै अस्पताल सञ्चालनमा ल्यायौं, सह प्रवक्ता डा पोखरेलले भने।
शिक्षाबाट थप समाचार
एसईईको सबै तयारी सकियो
स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याइने
नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७