

काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष आव २०७९र८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८र७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा वैदेशिक व्यापारको आधार १६।५८ प्रतिशतले कम भएको छ । आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो ।
असार मसान्तसम्म १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भयो । यस वर्ष आयात १६.०८ प्रतिशत र निर्यातमा २१.४४ प्रतिशतको गिरावट आयो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.८८ प्रतिशत छ । यसले वैदेशिक व्यापारमा निर्यातको हिस्सा झनै कमजोर बनिरहेको देखाएको छ ।
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७