

एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो ।
जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए । पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।
अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।
पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले १ सय ८ रनको शतकीय पारी खेले । शहिबजादा फहरानले ६५ तथा सैइम अयुबले ५९ रन जोडे । भारतका राजवर्द्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७