

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध रहेको बताउनु भएको छ ।धादिङ जिल्ला स्तरीय पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
बागमती प्रदेश सरकारले निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष हेरेको भन्दै धादिङ अस्पताललाई १०० वेडको अस्पताल बनाउने कार्य यसै बर्ष कार्यान्वयन हुने बताउनु भएको छ । उहाँले अघिल्लो बर्षमा घोषणा भएपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै यस बर्ष धादिङ अस्पतालको स्तरउन्नती हुनेमा बिश्वास दिलाउनु भयो ।
उहाँले १०० वेडको अस्पतालको काम यहि साउन बाट नै सुरु हुने बताउनु भएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयसेविकाहरुको सेवा सुविधारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा आफुले सहयोग गर्ने बताउनु भएको छ । उहाँले बजेट बिनियोजनमा धादिङको नेत्रावती,ज्वालामुखी र खनियाबास गाउपालिकालाई कम भएको भन्दै आगामी दिनमा त्यसलाई सच्याएर केहि राहात प्रदान गर्ने बताउनु भएको छ । त्यसका लागी आर्थिक मामिला मन्त्रि संग कुरा भैसकेको समेत उहाँको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले धादिङको किन्ताङफेदी पुलको डिपिआर ल्याए कात्तिक मंसिर बाट कामको थालनी हुने गरी बजेट बिनियोजन गर्न आफु प्रतिवद्ध रहेको समेत बताउनु भएको छ । उहाँले परम्परावादी बिकासको मोडेलले अव काम नहुने भन्दै स्थानिय तहका प्रमुखहरुलाई खानेपानी,स्वास्थ्य,सरसफाई, फोहोर ब्यवस्थापन र शिक्षा जोड दिन आग्रह समेत गर्नु भएको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७