TRENDING
होमपेज
आज साउने सङ्क्रान्तिको दिन बेलुका लुतो फालिने


काठमाडौ । आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलोमैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने सङ्क्रान्तिको दिन बेलुका लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७