TRENDING

अमेरिकामा गर्मीले करोडौं प्रभावित

काठमाडौँ । अमेरिकामा पछिल्लो १६ दिनमा अत्यधिक गर्मीका कारण करिब ११ करोड सर्वसाधारण प्रभावित भएका छन् । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वासिङ्टन पनि अत्यधिक गर्मीको चपेटामा परेको छ ।

शनिबार अमेरिकाको राष्ट्रिय मौसम सेवाले देशको दक्षिण–पश्चिम क्षेत्रमा गर्मी खतराको स्तरमा पुग्ने चेतावनी दिएको छ । विश्वकै धेरै गर्मी हुने स्थानमध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीको तापमान ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

लसभेगासलगायत स्थानमा पनि केही दिनमा तापमान ४७ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ । अमेरिकाको छिमेकी देश क्यानडामा पनि अत्यधिक गर्मीका कारण जंगलहरूमा आगलागी भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।