

एजेन्सी । सुडानको आरएसएफले हत्या गरेका ८७ जनाको शव डार्फरमा फेला परेको छ। सुडानी अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज आरएसएफ र तिनका सहयोगीले मारेको भनिएको कम्तीमा ८७ जनाको शव पश्चिम डार्फर राज्यको राजधानी एल–जेनिनाबाहिर रहेको एक सामूहिक चिहानबाट फेला परेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संयुक्त राष्ट्रसंघको कार्यालयले गत जुन १३ देखि २१ को बीचमा एल–जेनिनाको अल–मदारेस र अल–जमारेक जिल्लामा मासालित समुदाय र अन्य ८७ जनाको हत्या भएको थियो। उक्त चिहानमा जुन १४ मा आरएसएफको हिरासतमा वेस्ट डार्फरका गभर्नर खामिस अब्बेकरको हत्यापछि भएको हिंसाका धेरै पीडित भेटिएको जनाइएको छ।
फेला परेका शवमध्ये सात जना महिला र सात जना बालबालिका रहेका छन्। उनीहरूको उपचार नगरिएका चोटपटकका कारण मृत्यु भएको संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको कार्यालयले उनीहरूलाई सामूहिक चिहानमा गाड्न बाध्य पारिएको र उचित तरिकाले गाड्न नदिएको दाबी स्थानीयले गरेको जनाएको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कले जारी गरेको वक्तव्यमा आरएसएफ र सुडान द्वन्द्वका अन्य पक्षलाई जातीय पृष्ठभूमिका आधारमा मृतकको तत्काल खोजी गर्न, उनीहरूलाई संकलन गर्न र कुनै भेदभाव नगरी स्थानान्तरण गर्न अनुमति दिन र सहजीकरण गर्न आह्वान गरिएको छ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७