TRENDING

थाहा पाउनुहोस् सिटिजन्स बैंक इन्टरनेसनले कुन बैंकसँग गर्दैछ संयुक्त कारोबार

काठमाडौं । राष्ट्र बैंकको स्वीकृति पछि संयुक्त कारोबार गर्ने गरी आज सिटिजन्स बैंकले एक सम्झौता सम्पन्न गरेको छ । बैंक तथावित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त, तिनाउमिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

आज गरेको उक्त सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गर्नु भएको छ । दुवै बैंकले आ—आफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने जनाइएको छ । गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा दुवै बैंकले हस्ताक्षर गरेका थिए ।

२०७७ सालपौष २२ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउमिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्ने बताइएको छ ।  प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।

सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुने प्रवक्ता उमंग शर्माले बताउनुभयो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल्ली पूर्ति गरिरहेको छ ।

citizens bank