TRENDING
होमपेज
हत्या अभियुक्त भारतीय पक्राउ


काठमाडौँ । भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि फरार रहेका शर्मालाई काठमाडौँ फर्पिङस्थित सुरक्षा चौकीबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ना१ज ७५६२ नं को सुमो गाडीमा उपत्यकाबाट भाग्ने क्रममा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७