

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्’ भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाए । उनको यो निर्णयलाई चुनौती दिंदै नेपाल चलचित्र संघ उच्च अदालत पाटन पुग्यो ।
अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिंदै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । अदालतको फैसलाले बाटो खुला गरेपछि भारतीय फिल्मको प्रदर्शन अहिले भइरहेको छ । यस्तोमा मेयर शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् ।
यस्तो छ बालेनसँग भाष्कर दैनिकको संवाद
के कारणले हिन्दी फिल्मलाई प्रतिबन्ध लगाउनुपर्यो रु तपाईं मेयर हुनुहुन्छ, तपाईंसँग त त्यो गर्ने पावर पनि छैन होइन
मलाई त यो प्रश्न ठीक लागिरहेको छैन । म कसरी मेरो अधिकार क्षेत्र बाहिर गएँ, तपाईं पहिले मलाई भन्नुहोस् ।
नेपालको संविधान बमोजिम कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउने अधिकार स्थानीय निकायलाई नभएकोले यो प्रश्न उठेको हो । यसका लागि सेन्सर बोर्ड छ । किन प्रतिबन्ध लगाइयो
हामीले पूरै नेपालमा फिल्म रोकेका छैनौं । देशैभरि कुनै पनि फिल्म बन्द गर्न त सक्दैनौं, तर हाम्रो स्थानीय सरकारको मातहतमा आउने हलमा कस्तो फिल्म देखाउने, के देखाउने भन्ने कुरा हामी निर्णय गर्न सक्छौं ।
महानगरपालिकाको काम सहरको व्यवस्थापन हेर्ने र कर उठाउने हो । फिल्म प्रतिबन्ध लगाउने निर्णय किन गर्नुभयो रु
संविधानको धारा ४८ मा नागरिकका कर्तव्य उल्लेख छ । देशको पहिचान, स्वाधीनता र इतिहास जोगाउनु हरेक नागरिकको दायित्व हो, यो मेयरको मात्रै कर्तव्य होइन । आदिपुरुष रामायणमा आधारित आधिकारिक फिल्म हो । यो संसारभर चलिरहेको छ । यति ठूलो जनसंख्यालाई असर गर्ने फिल्ममा अर्को देशकी विभूति सीतालाई भारतकी भनिएको छ । यो नेपालको मात्रै विरोधको विषय होइन ।
यो फिल्म संसारमा जहाँ जहाँ चलिरहेको छ, प्रतिबन्ध लगाउनुपर्छ । नेपालमा त मेयरको हिसाबमा म बोल्दै छु । यसतर्फ हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । नेपालमा मात्रै सेन्सर गर्नुको कुनै अर्थ छैन । यसले पटक्कै फरक पार्दैन ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७