

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ ।
शुक्रबार न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो । अर्थात, अबदेखि अस्पतालको समय बिहान ८ देखि ४ बजेसम्म कायम गरिएको छ । हाल, बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ ।
न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले बिरामी बिहान चाँडै आउने र बढी भीडभाड हुने भएकाले ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइएको बताए ।
‘बिरामी सेवा लिनको ७ बजे नै अस्पताल आइसक्छन् । ९ बजेसम्म कुर्नुपर्ने भएकाले बढी भिडभाड भइरहेको छ,’ डा। बस्नेतले अनलाइनखबरसँग भने, ‘बिरामीलाई सहज र छिट्टै सेवा दिनका लागि ओपीडीलगायत अस्पतालका अन्य सेवाअबदेखि ८ बजेबाट सञ्चालन हुनेछन् ।’
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा अस्पतालका कर्मचारी र बिरामी आउने क्रममा सवारी जाममा पर्ने समस्या देखिएकाले समय तालिका परिवर्तन गरी सेवालाई सहज बनाउन खोजिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेव सञ्चालन गर्ने उल्लेख गरिएको थियो । तर, यो विषयलाई बजेटले भने समेट्न सकेको थिएन ।
‘अबदेखि प्रयोशाला, ओपीडी टिकट काउन्टर विहान ७ बजेनै खुलिसक्छन् । नर्सिङ सिफ्ट पनि ८ बजे परिवर्तन हुन्छ,’ डा. बस्नेतले भने, ‘अप्रेशन, ओपीडी सेवा, लगायतका अन्य सेवा विहान ८ देखि ४ बजेसम्म सञ्चालन हुनेछन् ।’
वीरमा बिरामीको चाप बिहान ८ देखि १२ बजेसम्म बढी चाप हुन्छ । त्यसैगरी, ४ बजेपछिको समय इएचएस सेवा सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए ।
वीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७