TRENDING

मिटरब्याजी विरुद्ध देशभर २४ हजार उजुरी

काठमाण्डौँ । देशभर मिटरब्याजबाट पीडितहरूले उजुरी दिने क्रम बढ्दै गएको छ । अहिलेसम्म २४ हजार उजुरी परेका छन् ।

सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले उजुरी आह्वान गरेको थियो। अहिलेसम्म परेका उजुरीमध्ये एक हजार ३८५ वटा उजुरीमा मेलमिलाप गरिएको आयोगले जनाएको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सक्ने व्यवस्था गरेको थियो। आयोगका सदस्य पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उत्तमराज सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दा समेत छन् । यसअघि अदालतबाट आफू विरुद्धमा फैसला आएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए ।

मुख्य समाचारबाट थप समाचार