

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकामा दुईवटा ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । शनिबार बिहान करिब १ः४५ बजेको समयमा मनहरि ६, नयाँ बस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
मकवानपुर प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार दुर्घटनामा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन, राप्ती(८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र सहचालक गोरखा जिल्ला गण्डकी २ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरि ३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएर दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको थियो ।
दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती–३ का ३५ वर्षीय विवेक तामाङ र ६३१ नम्बर ट्रक लक मनहरि–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७