काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको छ । गत मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर सदन अवरोध गरेको थियो ।
उक्त अवरोधपछि रोकिएको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको थियो । तर सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा दलहरुबीच सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
बैठकमा सभामुख घिमिरले भने सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक खासगरी मिटरब्याज सम्बन्धी निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्मा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।
मुख्य समाचारबाट थप समाचार
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८