TRENDING

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा ल्याइने

काठमाण्डौ । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा अहिले सुरुङ बन्द गरिएको छ।

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाण्डौ उपत्यकामा ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा अहिलेलाई सुरुङ बन्द गरिएको छु, उहाँले भन्नुभयो । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाण्डौ उपत्यकामा ल्याइने पन्तको भनाइ छ।

आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यस वर्ष वर्षाभरि नै बन्द नगर्ने गरी योजना बनाएको थियो । अहिले लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको आयोजनाले जनाएको छ । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको पन्तले बताउनुभयो । पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको होु, पन्तले भन्नुभयो ।

मुख्य समाचारबाट थप समाचार