TRENDING
होमपेज
फिलाडेल्फिया गोली काण्डमा चार जनाको मृत्यु


एजेन्सी । अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना संदिग्ध आक्रमणकारीलाई हिरासतमा लिइएको छ ।
गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो । एक थान राइफल र एउटा ह्यान्डगन पनि प्रहरीले बरामद गरेको छ । घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।
गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने २८ जना घाइते भएका थिए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७