TRENDING

भारतबाट पहिलो पटक कोइला बोकेको रेल वीरगञ्ज आइपुग्यो

काठमाडौं । पहिलो पटक कोइला बोकेर कोर्गो रेल नेपाल प्रवेश गरेको छ । ३६ लाख किलो कोइला बोकेको इण्डियन रेल वेको रेल शनिबार राति १० बजे वीरगञ्ज सुख्खा बन्दरगाहस्थित यार्डमा आइपुगेको हो ।

लतिका कमोडिटी सप्लाइज प्रालिले भारतबाट खरिद गरेको कोइला नेपाल आइपुगेको हो । नेपाली भन्सारको यार्डमै कोइला आइपुगेपछि अब नेपाली व्यवसायी कोइला चोरी हुने समस्याबाट मुक्त भएका छन् भने कोइलाको क्षतिमा असुल नहुने बीमाको जोखिम समेत टर्नेछ ।

शुक्रबार बिहान भारतको पश्चिम बंगालस्थित रानीगञ्जबाट हिंडेको कार्गो रेल शनिबार राति सुख्खा बन्दरगाह छिरेको थियो । अहिले उक्त कार्गो रेलको अनलोड चलिरहेको छ । यस अघि रक्सौलसम्म मात्रै आइपुग्ने डस्की कार्गो रेल नेपाल छिर्दा व्यवसायीहरुले ठूलो राहत महसुस गरेको कोइला आयातकर्ता व्यवसायी फुलकुमार लालवानीले बताए ।