

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सहकारीहरुलाई ३० दिनभित्र विवरणहरु पेस गर्न निर्देशन दिएको छ। सहकारीहरुको साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदन लगायत तोकिएका विवरणहरु पेस गर्न भनेको हो।
काठमाडौं महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत विवरणहरु पेस नगरेको जनाएको छ। ३० दिनभित्र तोकिएका विवरहरु पेस नगरे कानुन बमोजिम कारबाही गरिने पनि महानगरपालिकाले चेतावनी दिएको छ।
काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक वर्षको लेखा परीक्षण गराउनुपर्ने व्यवस्था गरेको विषय महानगरपालिकाले स्मरण गराएको छ।
काठमाडौंका मेयर बालेन्द्र शाह ९बालेन०ले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै वित्तीय जोखिमबाट बच्न र सहकारी संस्थाहरुलाई संकटग्रस्त हुनबाट बचाउन अनुरोध गरेका छन्।
मुख्य समाचारबाट थप समाचार
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७