

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुनेनहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ, प्रधानमन्त्री दाहालले भने ।
१८ औं सताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ १ भनेको स्मरण गर्दै हाल आफ्नो सरकार र गठबन्धनका बारेमा अरुले भन्ने गरेका कुरामा भन्दा पनि राम्रो गर्दै जाने आफ्नो ध्यान रहेको उनको भनाइ थियो ।
यस क्रममा दाहालले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो काम गरे पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको बताएका थिए ।
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७