

काठमाडौँ । विश्वकप छनोट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध बिहीबार हुने खेल नेपालको एकदिवसीय मान्यताप्राप्त भएयता टेस्ट राष्ट्रसँगको केवल दोस्रो खेल हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजसँग पहिलोपल्ट खेल्न लागे पनि नेपाल विपक्षी टोलीबारे पूरा जानकार छ ।
सन् २०२३ को सुरुआतमा मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले उच्च प्रदर्शन गर्दै आएको छ । भारतीय प्रशिक्षक देसाई यहाँ आउनुअघि वेस्ट इन्डिजकै ब्याटिङ प्रशिक्षक थिए । फिल सिमोन्स वेस्ट इन्डिजको प्रमुख प्रशिक्षक रहेको समयमा देसाईले दुई वर्ष ब्याटिङ प्रशिक्षकको भूमिका निभाएका थिए । डिसेम्बर अन्त्यमा वेस्ट इन्डिजसँगको सम्झौता सकिएपछि उनी नेपालको प्रशिक्षक बन्न काठमाडौं ओर्लिएका थिए ।
देसाईले छाडेयता वेस्ट इन्डिजको प्रशिक्षण टोलीमा धेरै परिवर्तन आइसकेको छ । सिमोन्सको स्थानमा वेस्ट इन्डिजलाई दुई पटक ट्वान्टी–२० विश्वकप जिताएका डारेन सामीले मुख्य प्रशिक्षकको जिम्मा लिइसकेका छन् भने आफ्नो समयका सदाबहार अलराउन्डर कार्ल हुपरलाई सहायक प्रशिक्षकमा ल्याएका छन् ।
तर, वेस्ट इन्डिजका वर्तमान खेलाडीहरूबारे देसाई पूर्ण रूपमा जानकार छन् । जिम्बावेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई ‘मोन्टी फ्याक्टर’ निकै महत्त्वपूर्ण हुनेछ । ‘हामी रोमाञ्चक यात्रामा छौं र आफ्नो कथा आफैं बुनिरहेका छौं, जसरी हामीले तयारी गरिरहेका छौं, त्यसअनुसार हरेक खेलका लागि तयार छौं,’ देसाईले आईसीसीको टिभीसँग भनेका थिए ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७