

काठमाडौँ । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् ।
पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालले बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेपछि संक्षिप्त कुराकानीमा अर्यालले मेयर शाहमा लोकतान्त्रिक अभ्यासको परिपालना अत्यन्तै कमजोर रहेको बताइन् ।
लोकतन्त्र भनेको सबै पक्षसँग समन्वय,छलफल र सहकार्य आवश्यक हुन्छ, उनले भनिन्, हिसानले शिक्षा मन्त्रालयबाट अनुमति लिएर मेला लगाएको थियो । कार्यक्रम सञ्चालन गर्ने बेलामा नगर प्रहरी पठाएर जबर्जस्ती हटाउन लगाउने होइन । लिखित भए पनि ुडिग्निफाइड क्लोजरु हुन्छ नि १ु निजी शैक्षिक संस्थाहरूलाई नियमन गर्ने हो तर त्यसरी लथालिंग छाड्ने अवस्था नरहेको उनले बताइन् ।
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७