

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।
बुधवार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो।
विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी बोकेको थियो।
अध्यक्ष तिमिल्सिनासहित सात सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए। सन् २०२३ को जनवरी १ मा उडान शुरु भएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन भने सकेको थिएन।
यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर अहिले ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ।
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७