

काठमाडौँ । नेपालले विश्वकप छनोटमा मंगलबार अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । जिम्बावेको हरारेको ताकासिंगा स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि अमेरिकालाई ब्याटिङका लागि बोलाएका हुन् ।
नेपालले घाइते सोमपाल कामीको स्थानमा देव्रेहाते स्पिनर ललित राजवंशीलाई टोलीमा राखेको छ । नेपालबाट रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।
अमेरिकाका कप्तान मोनांक पटेल अनफिट रहेका कारण खेलिरहेका छैनन् । उनको स्थानमा निसर्ग पटेललाई खेलाइएको छ भने एरोन जोन्सले अमेरिकाको कप्तानी गरिरहेका छन् । अमेरिकाका तीव्र बलर अली खान पनि निलम्बनका कारण नेपालविरुद्ध आज खेल्ने छैनन् ।
कुशल भुर्तेलले ९९ रन बनाएपछि नेपालले २ सय ९० रन बनाए पनि पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । गजानन्द सिंहले शतक बनाए पनि अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेपाल र अमेरिका विश्वकप लिग २ मा ६ पटक खेलेका थिए । त्यसमा नेपाल ३–२ जितले अगाडि छ । नेपाले पहिलो तीन खेल जितेको थियो । तर पछिल्ला तीन मध्येको २ खेल अमेरिकाले जितेको थियो भने एक खेल ‘टाई’ भएको थियो ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७