

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्। आफूमाथि आक्रमण गर्नेहरू माथि लगाइएको मुद्दा फिर्ता लिएको निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौं अगाडि धर्ना दिन पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।
धर्ना दिन पुगेका चलाउनेसहित अन्य केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए।
उनीहरूले अदालत परिसरभित्रै छिरेर अनशन बस्नेसम्मको तयारी गरेका थिए।
नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतमाथि चलाउनेमाथि आक्रमण गरेको आरोपमा मुद्दा थियो। तर, मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो। उक्त विचाराधीन मुद्दामाथि भोलि ५ गते पेसी तोकिएको थियो।
यसरी आपराधिक घटनाहरूलाई सरकारले पछिल्लो समय राजनीतिक मुद्दा भन्दै फिर्ता लिने क्रम बढाएको छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७