

काठमाडौं । शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले बगाउँदा पाँचथरमा ६ जना बेपत्ता भएका छन्। बाढीका कारण ठूलो परिमाणमा भौतिक संरचनामा पनि क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला माथिको पुल बगाइदिएको छ।
हेवा खोलामा आएको बाढीले ६ जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ गाउँपालिका–७ का दिलकुमार तामाङ र फिदिम नगरपालिका १० का सन्जोग लोवा बेपत्ता भएका छन्। उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए।
त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
त्यस्तै पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै घरका ३ जना बेपत्ता भएका छन्।
सिदिङ्वा गाउँपालिका–६ मेहेलेका स्थानीय यादव बुढाथोकीको घर पहिरोले बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन्। यस्तै, मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन्।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७