

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच यही असार ४ गते कार्यगत एकता हुन लागेको उनले बताए ।
समाजवादी प्रेस सङ्गठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस विषयमा छलफल जारी रहेको बताए । सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीचको छलफलका टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उपाध्यक्ष पाण्डेको भनाइ थियो ।
उनले थपे, “सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर हिँड्न सहज होस् भनेर यो मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको हो ।” सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तया गर्ने गरी मोर्चा गठन गर्न लागिएको उनले बताए । नेकपा एमालेले संसद् भङ्ग गर्नु गल्ती भएको आत्मालोचना गरेमा मोर्चामा ल्याउन सकिने तर गल्ती स्वीकार नगरे मोर्चामा ल्याउनुको अर्थ नरहने उपाध्यक्ष पाण्डेले उल्लेख गरे ।
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७