

काठमाडौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी गर्नका लागि विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली छन् ।
पक्राउ परेका कलाकारहरुले युट्युब मार्फत् अनलाइन वेटिङको विज्ञापन गरेको प्रहरीको आरोप छ । उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो ।
अनलाइन बेटिङ मार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै रु ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उक्त कारोबारमा गरेको आरोपमा पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौँ बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशीष लामिछाने रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीे बताउनुभयो ।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७