

काठमाण्डौ । मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ ।
कृषि सामग्री कम्पनीले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालका लागि चलान भएको छ । त्यसमध्ये केहि मात्रामा मल नेपालको विरगंज आइसकेको कम्पनीले जनाएको छ । यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोत्ताबाट नेपालका लागि चलान अवस्थामा छ । साथै २५ हजार मेट्रिक टन डीएपी मल पनि कोलकोत्ता आइपुगेको छ ।
यस्तै कृषि कम्पनीले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास पनि भारतको विशाखापटनम् आइसकेको छ । साल्टले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल चीनको लोड पोर्टमा लोडिङ्ग भएर भोलिसम्ममा कोलकोत्ता आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले धानबालीको मुख्य सिजन असारदेखि भदौसम्मका लागि मलको अभाव नहुने दाबी गर्नुभएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७