TRENDING
होमपेज
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि हिजो उहाँलाई बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो ।
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि फोक्सोमा समस्या देखिएपछि गएको वैशाख ६ गते राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ुएम्सु मा लगिएको थियो ।उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७