

काठमाडौं । युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले जितको छ। इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै वेस्ट ह्याम दोस्रो सिजनको कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो।
पहिलो संस्करणमा फियोनुर्डलाई पराजित गर्दै इटालीको रोमा च्याम्पियन बनेको थियो। फोर्टुना एरिना प्राहा चेक रिपब्लिकमा गएराति भएको खेलका वेस्टह्यामलाई च्याम्पियन बनाउन सेड बेनरहमा र जरोड बोवेनले गोल गरे। फियोरेन्टिनाका जियोकोमो बोनोभेन्चुराले एक गोल फर्काए।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा तीनै गोल दोस्रो हाफमा भएको थियो।
६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाए। तर, वेस्टह्यामको त्यो अग्रता लामो समय टिकेन। ६७औं मिनेटमा जियाकोमो बोनोभेन्चुराले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले निकोलस गोन्जालेसको पासमा गोल गर्न सफल भएका थिए। खेलको ९० औं मिनेटमा जरोड बोवेनले गोल गर्दै वेस्टह्यामलाई च्याम्पियन बनाए।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७