

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।
‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ’ गौतमले भने ।
नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको भन्दै गौतमले यदि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने बताए । कृषिलाई लगातार ५ वर्षसम्म पहिलो प्राथमिकतामा राखेर काम गर्दा ३० लाख भन्दा बढीले रोजगारी पाउने र अर्को ५ वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने गौतमले दाबी गरे ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७