

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं स्पिनर सन्दिप लामिछानेले विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न पाउने भएका छन्।
नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनकाबीच उनी सोमबार अर्थात भोलि दक्षिण अफ्रिका जान सक्ने क्यानले जनाएको छ।
यसअघि पटक पटक मुद्धाको पेशी तोकिएपनि सुनुवाई नहुँदा उनी टोलीसंगै दक्षिण अफ्रिका जान सकेको थिएन। जिल्ला अदालत काठमाडौंले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानका महाप्रबन्धक वृत्तान्त खनालले जानकारी दिए।
अहिले क्यानले लामिछानेको डकुमेन्टको काम गरिरहेको छ। एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७