

काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कमा ‘पेट्रोल पम्प’ स्थापना गरिएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्क हाताभित्र ‘पेट्रोल पम्प’ स्थापना गरेको हो । उक्त पम्प आगामी हप्ताभित्र सञ्चालनमा आउने ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो ।
विसं २०६१ देखि पायोनियर फ्युल एण्ड लुव्रिकेन्ट कम्पनीमार्फत डिजेल मात्र बिक्री वितरण गर्दै आएको ल्होत्सेले पहिलो पटक पेट्रोल बिक्री वितरण शुरु गर्न लागेको हो । उक्त पम्पले हाल चारवटा मेसिनबाट सवारी साधनमा डिजेल भर्दै आएको छ ।
नयाँ बसपार्कमा एक लाख १२ हजार लिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा हाल चारवटा मेसिनले २० हजार लिटरका दरले सवारी साधनमा इन्धन भर्दै आएका छन् । पेट्रोल पम्पको क्षमता भने १६ हजार लिटर क्षमता रहेको मल्लले बताउनुभयो । कूल १६१ रोपनी क्षेत्रफल रहेको नयाँ बसपार्क नेपालको एक मात्र राष्ट्रिय बसपार्क हो । यहाँबाट हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन यात्रु बोकेर देशभरका ५० भन्दा बढी जिल्लामा आवतजावत गर्दै आएका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७