

काठमाडौं । माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज सहजै भुक्तान गर्न सकिने भएको छ ।
यसअघि कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपीएस मार्फत भुक्तान गर्न सक्ने व्यवस्था समेत बैंकले संचालनमा ल्याई सकेको छ । सो विषयमा माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबिच सहमति भएको थियो । सोहि सहमति अनुसार बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ ।
माछापुच्छ्रे बैंक कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी सेवा प्रदान गर्ने पहिलो बैंक बनेको छ । यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ ।
हाल बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु मार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
कर्पोरेटबाट थप समाचार
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७