TRENDING
होमपेज
भारत लैजान लागेको २२ कार्टुन जाँड–रक्सीसहित मोटरसाइकल बरामद


काठमाण्डौ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको जाँड–रक्सी र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
महोत्तरी प्रहरीले पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा गए राति २२ कार्टुन जाँड–रक्सी र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिलीपकुमार गिरीले बताउनुभयो । भारतको बिहार राज्यमा जाँड–रक्सी प्रतिबन्धित रहेको अवस्थामा नेपालबाट भारततर्फ लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र समान छाडेर भागेका थिए ।
सीमा क्षेत्रबाट बरामद गरेको जाँड–रक्सी र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाइको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७