

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बुधबार नेपालले भारतको सामना गर्दैछ।
दुई टोलीबीचको खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ।
नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो। दुई खेल जितेर नेपाल समूह एबाट अन्तिम चारमा पुगिसकेको छ।
भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको छ। नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।
यो समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेका छन्। यस्तै समूह बीबाट कजाकस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन्। बुधबार बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ। श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।
नेपाल भलिबल संघको आयोजना तथा परिषद्को सहयोगमा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७