

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज आयोजित ‘स्वास्थ्य सबै नीतिमा’ विषयक कार्यशाला गोष्ठीमा उहाँले हरेक पूर्वधार निर्माण स्वास्थ्य क्षेत्रको सुधारका लागि लक्षित हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सबै नीतिमा भन्ने अवधारणाले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा टेवा पुग्ने बताउनुभयो । प्रदेशमा निर्माण भएका नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । नागरिकको स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले आफ्नो योजना बनाउनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यका सामाजिक निर्धारणलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिमा स्वास्थ्यका विषय सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेशस्तरमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयको प्रतिबद्धता सुनिश्चित गर्न लागिएको उल्लेख गर्नुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७