

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ पुगेको छ ।
नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बैंकिङ र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव २९ र व्यापार समूह २० दशमलव २९ अङ्कले घटेको छ ।
आज सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय सात दशमलव ५७ र जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ३२ अङ्कले बढेको छ । विकास बैंक समूह १० दशमलव ६६, वित्त समूह १३ दशमलव १५, होटल तथा पर्यटन समूह ५५ दशमलव ५३, जलविद्युत् समूह १४ दशमलव २२ र लगानी समूह शून्य दशमलव १७ अङ्कले बढेको छ ।
त्यसैगरी, लघुवित्त समूह १७ दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ७४ दशमलव ०८ र अन्य समूह शून्य दशमलव ५८ अङ्कले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीनलाईफ हाइड्रो लिमिटेडको शेयर मूल्य सात दशमलव ३७ प्रतिशतले घटेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७